प्रधानमन्त्रीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै
- चैत्र २१, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लाग्नुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको सचिव श्रेष्ठको भनाइ छ ।
सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







