एमाले–माओवादी व्यूँताउने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार

news-details

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस अघि पार्टीको नाम विवादमा सर्वोच्च अदालतबाट भएको फैसलाविरुद्ध दिएको निवेदनको पुनारावलोकन नहुने भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको तीन न्यायाधीशको पूर्ण इजलासले सो आदेश भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी गराउनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिनुभएको सो रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासमा सुनुवाइ भएको हो ।

ऋषिराम कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम आफ्ना पार्टीको नामसँग जुधेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।

सो फैसलाविरूध्द गत मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरावलोकनको निवेदन दिनुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया