नेकपा बदर गर्ने फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च पुगे प्रचण्ड (निवेदनको पूर्णपाठसहित)
- चैत्र १७, २०७७
- 0
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा विघटन हुने गरी सर्वोच्च अदालतले गरेको निर्णयको पुनरावलोकन गर्न माग गर्दै सर्वोच्च अदालतमा पुग्नुभएको छ ।
साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपा नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेकाले पछि एमाले–माओवादी एक भएर बनेको नेकपा अवैधानिक रहेको फैसला गरेको थियो । उक्त नेकपा बदर भएसँगै दुई पार्टी पूर्ववत् रुपमा फर्किएका छन् ।
तर मागदाबी नै नभएको विषयमा प्रवेश गरेर नेकपा एकतालाई बदर गरिएको भन्दै असन्तुष्ट रहेका अध्यक्ष प्रचण्ड उक्त फैसलामाथि पुनरावलोकन गर्न माग गर्दै सर्वोच्च पुग्नुभएको हो । कानुनविद्हरुसँगको परामर्शपछि उहाँ अदालत पुग्नुभएको बताइएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा नाम विवादको मुद्दामा फैसला गर्दै ऋषि कट्टेल नेतृत्वको पार्टी नै वैध रहेको ठहर गरेको थियो । एमाले–माओवादी मिलेर बनेको नेकपा अवैधानिक रहेको फैसला आएसँगै दुई पार्टी अलग भइसकेका छन् । तापनि पुनः पार्टी एकीकरणको सम्भावना कायमै रहेको दुवै पार्टीका नेताहरूले बताउने गरेका छन् ।
हेर्नुहोस निवेदनको पूर्णपाठ










