मौसम खराबीका कारण पाँच दिनदेखि उडान प्रभावित
- चैत्र १७, २०७७
- 0
पाँच दिनदेखि आन्तरिक उडानमा समस्या आएको छ । मौसम खराबीका कारण प्रदूषणको तह बढेपछि काठमाडौं विमानस्थलमा उडान–अवतरणमा समस्या आएको हो ।
विमानस्थलका अनुसार गत शुक्रबारदेखि प्रभावित भएको आन्तरिक उडानमा २० प्रतिशतले कमी आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ खासै प्रभाव नपरेको विमानस्थलले जनाएको छ ।
विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ २ सय ४६ वटा उडान तथा अवतरण भएका थिए । तर, शनिबार १ सय २३ र आइतबार १ सय ३८ वटा र सोमबार १ सय मात्रै उडान–अवतरण भएका छन् ।
सामान्य अवस्थामा बढीमा २ सय ९४ वटासम्म उडान–अवतरण भएका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा मात्रै विमानस्थल भएका कारण यो समस्या आएको हो । निजगढतिर विमानस्थल भएको भए यस्तो समस्या नआउने प्राधिकरणले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







