मेलम्चीको पानी आजदेखि काठमाडौँका उपभोक्ताको घरघरमा बितरण गरिंदै
- चैत्र १५, २०७७
- 0
मेलम्चीको पानी आजदेखि काठमाडौँका उपभोक्ताको घरघरमा वितरण गरिँदै छ ।
गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आजदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।
मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार सुन्दरीजलको एउटा प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटर पानी काठमाडौ उपत्यका खानेपानी लिमिटेडले पाइपलाइनबाट परिक्षणका रुपमा उपभोक्ताका घरघरमा वितरण गर्ने छ । तर उपभोक्ताको घरसम्म जोडिएको पाइपको परीक्षण गर्न भने करिब एक हप्ता लाग्ने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







