देशभर थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ९० संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७६ हजार ३८९ जना पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ९० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७२ हजार १८७ जना पुगेका छन ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र योसँगै हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०१९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३ जनामा कोरोना भाइरस भेटिएको छ । उपत्यकाको भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडौं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया