एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दै
- चैत्र ११, २०७७
- 0
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पासाङ ल्हामु स्मृति प्रतिष्ठान धुम्बाराहीमा रहेको पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ ।
नयाँ पार्टी कार्यालयका लागि थापाथलीस्थित सञ्जय अग्रवालको घर हेरिएको र आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी कार्यालयको लागि तय गरिएको घर अवलोकन गर्ने जनाइएको छ ।
यसअघि संयुक्त राष्ट्रसंघ युएन वुमनको कार्यालय रहेको उक्त घर साढे २ तलाको रहेको बुझिएको छ भने १३ कोठा रहेका छन् ।
कार्यालय खाली गर्न प्रतिष्ठानले आग्रह गरेपछि एमालेले पार्टी कार्यालय सार्न लागेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







