देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १०६ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७१ हजार ९११ जना पुगेका छन ।

काठमाडाैं उपत्यकामा भक्तपुरमा दुई, ललितपुरमा पाँच र काठमाडाैंमा ३४ जनासहित ४१ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै, हालसम्म कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३०१६ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया