एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै, खनाल-नेपाल समूह नजाने
- चैत्र ७, २०७७
- 0
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक पनि बोलाइएको संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक राख्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको तयारी छ ।
यता असन्तुष्ट रहेको माधव नेपाल र झलनाथ खनाल समूह भने बैठकमा नजाने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा पनि नेपाल–खनाल समूह गएको थिएन ।
ओलीको कार्यशैलीको विरोध गर्दै उनीहरुले छुट्टै बैठक र भेला गर्दै आएका छन् । उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा बैठकमा सहभागी हुन सकिने नेपाल–खनाल समूहको भनाइ छ ।
संसदीय दलको बैठकमा विधान संशोधनका लागि यसअघि गठन भएको कार्यदलले प्रतिवदेन बुझाउने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







