नेपाल-भारतबीच सडक यातायात सञ्चालन गर्न सरकारलाई सिफारिस गर्ने सीसीएमसी बैठकको निर्णय
- चैत्र ५, २०७७
- 0
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले नेपाल र भारतबीचको सडक यातायात सञ्चालन गर्नका लागि अनुमति दिन मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको सीसीएमसी बैठकले नेपालबाट भारतका बिभिन्न गन्तव्यमा जाने र भारतबाट नेपाल भित्रने सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो ।
नेपाल भित्रने यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको कोरोना परीक्षण रिपोर्ट प्रश्तुत गर्नुपर्ने मापदण्ड राखिएको सचिव खगराज बरालले जानकारी दिनुभयो ।
दुईदेशीय यातायात सञ्चालन खुल्ला गर्न यातायात व्यवसायीबाट अनुरोध आएपछि सिसिएमसीले सो सम्बन्धी निर्णय गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







