एमालेद्धारा खनाल र नेपालसहितको संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल

news-details

नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दलको बैठकले प्रधानमन्त्री एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ । २३ सदस्यीय बोर्डमा दलका नेतासहित उपनेता, प्रमुख सचेतक र सचेतक पदेन सदस्य रहने व्यवस्था छ ।

बोर्डको सदस्यहरूमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपनेता सुवासचन्द्र नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक मनोनीत हुनुभएको छ ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमनराज प्याकुरेल, विमला राई पौडेल, विन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन बाँनिया र राजेन्द्र राई रहनुभएको छ ।

बैठकले विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेको विधान संशोधन कार्यदल गठन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया