खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु, पुराना कम्युनिष्ट नेताहरू पनि सहभागी
- चैत्र ४, २०७७
- 0
खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्युनिष्ट नेताहरुसमेत सहभागी भएका छन ।
भेलामा सक्रिय राजनीतिबाट टाढा रहेका पुराना कम्युनिष्ट नेता मोहनचन्द्र अधिकारीसँगै राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायत सहभागी रहेको र अन्य पुराना नेताहरु पनि आउँदै गरेको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एक्लौटी निर्णयमार्फत विधान संशोधन गर्नुका साथै आफूइतरका समूहका नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले आज (बुधबार) र भोलि (बिहीबार) भेला बोलाएको हो । अध्यक्ष ओलीले भने गुटगत भेला गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







