प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै, सम्भावित कार्यसूची तय
- चैत्र ३, २०७७
- 0
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो ।
बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् । संसद पुनर्स्थापित भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यस अघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो ।
आजको बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसअघि आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि तय गर्नका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय गर्न सकेको थिएन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







