विकासको तिव्रताले नेपाल छिट्टै विकासशील देशमा उक्लन्छ : प्रधानमन्त्री

news-details

प्रधानमन्त्री केपी शर्म ओलीले आज प्रादेशिक राजधानीसँग स्थानीय तहहरुलाई जोड्न निर्माण गर्न लागिएको सडक सञ्जालको उद्घाटन गर्नुभयो । प्रादेशिक राजधानीसँग नजोडिएका २ सय ८३ स्थानीय तहलाई जोड्न यी सडकहरु निर्माण गर्न लागिएको हो ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालले अब विकासको गतिलाई तिब्र रुपमा अघि बढाएको र यो भौतिक विकासको माध्यमबाट सामाजिक विकास पनि सँगै हुने बताउनुभयो ।

उहाँले नेपाललाई छिट्टै विकाशिल देशहरुको सूचीमा समाबेश गराउन सक्षम हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सडक निर्माणमा प्राविधिक र व्यवहारिक पक्षलाई सँगसँगै ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले विकास मात्र होइन दीगो विकासको मापदण्डलाई स्वीकार गरेर अघि बढ्न निर्देशन पनि दिनुभयो ।

समृद्द नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्न यो महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहको विकासमा ध्यान दिँदा हरेक स्थानीय तहमा एकरएक वटा हेलिप्याड निर्माण गर्न पनि निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो निजी स्वार्थलाई ध्यानमा राखेर विकासलाई छायाँमा पार्ने प्रवृत्तीको विरोध गर्नुपर्ने पनि प्रष्ट पार्नुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया