देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ६० संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ७० हजार ९८७ जना पुगेका छन ।

यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको र हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको ३०१२ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया