नेकपा एकीकरणले पाएन मान्यता, सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र (फैसलाको पूर्णपाठ)
- फाल्गुन २३, २०७७
- 0
सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता खारेज गरिदिएर साविककै पार्टी कायम गरिदिएको छ ।
सर्वोच्चले आज नेकपा पार्टीको नाम विवादमा फैसला गर्दै ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिएपछि नेकपा एमाले र माओवादी केन्द्र व्युतिएका हुन ।
नेकपाका अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपा नामको दल आफूले दर्ता गरेकोमा तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।
यसमा आयोगले ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा निर्णय गरेपछि उक्त निर्णयविरुद्ध अध्यक्ष कट्टेलले पुन : २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा गरेको फैसलामा दुबै पार्टी साविककै अवस्थामा कायम रहने र दुबै दल एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन नियम विपरित नहुने गरी निर्णय गरी निर्वाचन आयोगमा उपस्थित हुन आदेशसमेत गरेको छ ।
हेर्नुहोस सर्वोच्चको फैसलाको पाठ










