सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी, ‘केही दिनभित्रै काठमाडौंवासीका घर घरमा झर्छ’ : प्रम ओली

news-details

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि मेलम्चीबाट सुरुङमा हालिएको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा खसेको हो ।

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो । आयोजनाका अधिकारीहरुका अनुसार सुन्दरीजलमा आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । सुरुवाती समयको पानी भने फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको छ ।

प्रशोधन र परीक्षणको काम समयमै सम्पन्न भएमा मेलम्चीको पानी बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ ।

सुन्दरी जलमा आयोजित विशेष समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौमा झरिसकेकाले प्रशोधनको काम सकिएलगत्तै केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया