कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल
- फाल्गुन २२, २०७७
- 0
अर्थमन्त्री विष्णु पौडेलले कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् ।
अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे ।
अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए ।
अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







