स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री बामदेव निवासमा
- फाल्गुन २१, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
उहाँले गौतमको निवास भैँसेपाटी पुगी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालसमेत पुग्नुभएको थियो ।
गौतमका स्वकीय सचिव दीपक टमटका अनुसार केहीदिन अघि घरभित्र लडेर उहाँलाई सामान्य चोटपटक लागेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







