विप्लव समूहका नेता वास्तोला काभ्रे प्रहरीको हिरासतबाट रिहा
- फाल्गुन २१, २०७७
- 0
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । आज बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन ।
काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।
रिहाइ लगत्तै पत्रकारसँग कुरा गर्दै नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताउनुभयो ।
वास्तोलालाई ललितपुर जिल्लाको दक्षिण इलाकाबाट करिब डेढ महिना अघि पक्राउ गरिएको थियो । सर्वोच्च अदालयले रिहा गर्ने आदेश दिने वित्तिकै उनी पुनः पक्राउ परेका थिए ।
-फोटो : देवराज केसी, काभ्रे
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







