कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
- फाल्गुन २०, २०७७
- 0
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे बुढानिलकण्ठस्थित निवासमा बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई बोलाइएको छ । बैठकमा संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे साझा धारणा बनाउने प्रयास हुनेछ ।
फागुन २३ गते बस्ने संसद बैठकमा कुन रुपमा प्रस्तुत हुने भन्नेबारे पदाधिकारी बैठकले तय गर्नेछ । शीर्ष तहमा धारणा तय गरेर त्यसलाई संसदीय दल र केन्द्रीय समितिले अनुमोदन गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।
संसदीय दलको बैठक शुक्रबार र केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी कांग्रेसको छ । प्रतिनिधि सभा विघटनपछि नेकपाको कुन पक्षलाई समर्थन गर्ने भन्नेमा कांग्रेसमा दुई मत रहेको छ ।
सभापति शेरबहादुर देउवा पक्ष सरकारमा जाने मौका आए छाडन नहुने अडानमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष जनमत प्रतिपक्षमा बस्ने आएकाले सरकारमा जान नहुने अडानमा छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







