‘म माथि शारीरिक हमला भयो भने अनौँठो नमान्नुहोला’ – प्रधानमन्त्री ओली

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौँठो नमान्न भन्नुभएको छ ।

सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आफूमाथि हमला हुनसक्ने बताउदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अहिले सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’

आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गर्नुभएको छ । ‘म रहिँन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

साथै सो अवसरमा प्रधानमन्त्री ओलीले विधि, पद्धति र प्रक्रियाअनुसार आफूलाई हटाए ‘मान्य हुने’ बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले शुरुदेखि छलछामको काम मात्र गरेको र पार्टीभित्र गुटबन्दी कायम गर्दै अराजकता मच्चाउने काम गरेको उहाँले टिप्पणी गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया