स्थायी र केन्द्रीय समिति बैठक बोलाउने प्रचण्ड-माधव पक्षको निर्णय
- फाल्गुन १७, २०७७
- 0
नेकपा प्रचण्ड–माधव समूहको आज बसेको संसदीय दलको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा समूह विभाजनपछि पहिलोपटक बसेको सचिवालय बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सो पार्टी समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरिएको तर बैठकको मिति भने नतोकिएको जानकारी दिए ।
साथै सचिवालय बैठकले नेकपा पार्टी आधिकारिक रुपमा आफ्नो समूहले दाबी गर्ने र यसका लागि संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुरुप चाँडै निर्णय दिन निर्वाच आयोगलाई अनुरोध गर्ने तय गरेको छ ।
उक्त बैठकले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङलाई हटाएको भनी घोषणा गरेकोमा उक्त एकलौटी निर्णय नमान्ने पनि निष्कर्ष निकालेको छ । ओलीले गुरूङलाइ हटाएर विशाल भट्टराईलाई सो जिम्मेवारी दिएका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटनको असंवैधानिक कदम चोलेपछि नेकपा पार्टी अनौपचारिक रुपमा विभाजित छ ।










