प्रधानमन्त्री ओली औद्योगिक पार्क शिलान्यास र पुल उद्घाटन गर्न झापा जाँदै
- फाल्गुन १६, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जांदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि प्रधानमन्त्री ओली गृहजिल्ला जान लाग्नु भएको हो ।
प्रधानमन्त्री ओलीले चीन नेपाल औद्योगिक पार्कको शिलान्यासका गर्दै हुनु हुन्छ । दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई चीन–नेपाल मैत्री औद्योगिक पार्क नाम दिइएको छ ।
६४ अर्ब लगानी रहने पार्क पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । प्रधानमन्त्री ओलीले आजै झापाको रतुवा खोलामा निर्माण गरिएको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँ आझै काठमाडौं फर्कनु हुनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







