फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- फाल्गुन १४, २०७७
- 0
सरकारले फागुन २३ गते आइतबार प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २३ मा प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक आह्वान गर्नेसम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गर्दै १३ दिनभित्र पहिलो बैठक बोलाउन आदेश दिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







