काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लू भेटियो, हजारौ कुखुरा र दाना नष्ट गरियो
- फाल्गुन १४, २०७७
- 0
काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ ।
बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।
विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए ।
यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ । फार्ममा रहेको ७ सय ५० किलो दाना पनि नष्ट गरिएको टोलीले जनाएको छ । तारकेश्वर नगरपालिका–१ मा बर्डफ्लुका कारण यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।
उनले भने ‘हिजो बर्ड फ्लू देखिएको हो । विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको छ। अबको केही घण्टामा हामी सबै जानकारी सार्वजनिक गछौं ।’
यस अघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







