राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल
- फाल्गुन १३, २०७७
- 0
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवीबीच भेटवार्ता भएको छ । विहीबार (आज) साँझ शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ । गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओली पहिलोपटक राष्ट्रपति भेट्न शीतल निवास पुग्नुभएको हो ।
उक्त भेटवार्तामा सर्वोच्च अदालतको फैसला, सरकारको काम कारबाही, प्रतिनिधिसभाको बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ ।
त्यसोत, सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन सरकारलाई निर्देशन दिइसकेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







