ओलीले बोलाए स्थायी कमिटि बैठक
- फाल्गुन १२, २०७७
- 0
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनस्थापनाका पक्षमा फैसला गरेपछि ओलीले बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटि बैठक बोलाएका हुन ।
बालुवाटारमा बस्ने बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







