सर्वोच्चले छाड्न आदेश दिएलगत्तै पक्राउ परे विप्लव समूहका नेता बाँस्तोला
- फाल्गुन १०, २०७७
- 0
विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो । उनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको छ ।
उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरि काभ्रे पठाउने तयारी भइरहेको परिसरले जनाएको छ । पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ ।
सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले बाँस्तोलालाई पक्राउ गरेको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







