देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ९० संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ९० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६९ हजार ९६६ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको र हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २०६१ पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया