नेपालले किनेको १० लाख डोज ‘कोभिशिल्ड’खोप काठमाडौं आइपुग्यो

news-details

सरकारले भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग किनेको १० लाख डोज ‘कोभिशिल्ड’खोप काठमाडौ आइपुगेको छ ।

भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत पहिलो चरणमा १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेर अग्रिम भुक्तानी दिइसकेकोमा पहिलो चरणमा १० लाख डोज खोप आज आइपुगेको हो ।

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया