देशभर थप ९६ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १११ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६९ हजार ५०५ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ र योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २०५८ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया