भागरथी हत्याका अभियुक्त भट्ट प्रहरीद्वारा सार्वजनिक

news-details

वैतडीको दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा बीभत्स अवस्थामा फेला परेकी थिइन् ।

भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेका बताएका छन् ।

भागरथीको शरीरका विभिन्न अङ्गमा निलडाम र चोटपटक भएको तथा योनीबाट रगत बगेको र घाँटी निमोठिएको थियो । बलात्कारपछि हत्या भएको पुष्टि भएसँगै प्रहरीले अपराधी पत्ता लगाउने कामलाई तीव्र बनाएको थियो ।

अभियुक्तलाई थप ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया