सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा विनयजंग बस्नेत पक्राउ

news-details

अभद्र व्यवहार, चरित्रहत्या तथा धम्कीको आरोपमा विनयजंग बस्नेतलाई प्रहरीले काठमाडौको नयाँ बसपार्क,गोंगबुबाट पक्राउ गरेको छ ।

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएसँगै काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका बस्नेत पक्राउ परेका हुन् ।

काठमाडौंमा बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत र सपना रोका मगरले एक–अर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए भने उनीहरु सँगै बस्दै आएका थिए ।

पशुपति आर्यघाटमा बेवारिसे शव जलाएर चर्चामा आएका दुवैजनाबीच सपना बीबीसीको सूचीमा परेपछि मनमुटाव भएको थियो ।

बस्नेतले सपनाका नांगा तस्वीर र आपत्तिजनक भिडियो आफूसँग रहेको र ती सार्वजनिक गरिदिने धम्की दिएपछि सपना प्रहरी समक्ष पुगेकी थिइन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया