ललितानिवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा प्रमाण बुझ्ने आदेश
- फाल्गुन २, २०७७
- 0
चर्चित ललितानिवासको सरकारी जग्गा गैरकानुनी ढङ्गले व्यक्तिको नाममा कायम गरिएको विषयमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको भन्ने मुद्दामा सर्वोच्च अदालतले प्रमाण बुझ्ने आदेश गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासबाट सो उत्प्रेषणको आदेश भएको हो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उहाँहरूविरुद्ध मुद्दा नचलाइ उन्मुक्ति दिएको भन्दै आयोग र महान्यायाधिवक्ताको कार्यालयसमेतलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







