मृत्युपछि शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको निर्णय

news-details

शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान गर्ने भएका छन् ।

चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने उनीहरूले बताएका छन् ।

उनीहरुले शुक्रबार ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लागेका हुन् ।

शुक्रबार दिउँसो साढे एक बजे कार्यक्रमको आयोजना गरिएको छ ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया