सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
- माघ २७, २०७७
- 0
सरकारले यहि माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो ।
तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि हिजो बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए ।
यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । यसैबीच यो वर्ष विगतका वर्षहरुमा जस्तै ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा कार्यक्रम नहुने भएको छ ।
कोभिडको जोखिम अझै कायम रहेकाले भर्चुअल माध्यमबाट कार्यक्रमहरु गर्ने र घरघरमा मनाउने तयारी गरेको नेपाल तामाङ घेदुङका कार्यवाहक अध्यक्ष कुमार घिसिङले जानकारी दिए । यो वर्ष मुसा वर्गलाई विदाई गरी गोरु वर्गको स्वागत गरिँदैछ ।










