नारायणहिटी दरबार अगाडि नेकपा ओली समूहको शक्ति प्रर्दशन

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले काठमाडौमा आफ्नो शक्ति प्रर्दशन गरेको छ । प्रर्दशनपछि उक्त समूहको बृहत् जनसभा अहिले जारी रहेको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि बृहत् जनसभा सुरु भएको हो ।

सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी छन् । सभा सम्पन्न गर्न पार्टी उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको थियो ।

सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिएको थियो । प्रदेश कमिटीले सभाको तयारीस्वरुप बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको र्‍याली गरेको थियो ।

सभालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,  उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले सम्बोधन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया