देशभर थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२७ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा २२७ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६७ हजार २९२ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा २ जनाको कोरोना सङ्क्रणबाट कसैको मृत्यु भएको र कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या २०३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया