हड्ताल सफल बनाउन दाहाल सडकमा, फागुनबाट जनआन्दोलन सुरु हुने
- माघ २२, २०७७
- 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आम हड्ताल अझ सफल र प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटो पुगेका छन ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ ।
हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किएका हुन । दाहाल सातदोबाटो पुग्दा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाएका थिए ।
सातदोबाटोमा रहेका कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीविरुद्धको आन्दोलन अझ शसक्त बनाउने बताए । उनले लोकतन्त्र रक्षाका लागि आफ्नो आन्दोलन रहेको स्पष्ट पारे ।
आन्दोलन अझ सशक्त पार्ने भन्दै दाहालले फागुनको पहिलो हप्ताबाट जनआन्दोलन सुरु हुने बताए । ”२८ गते विशाल प्रदर्शन गर्नेछौं, उनले भने, त्यसपछि फागुन पहिलो साता जनआन्दोलन सुरु हुन्छ ।”
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







