दाहाल-नेपाल समूहद्वारा बिहीबार आम हड्तालको घोषणा, आजै साँझ मसाल जुलुस निकालिने
- माघ २१, २०७७
- 0
संवैधानिक निकायहरुमा भएको जर्वजस्ती नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त समूहकी नेतृ पम्फा भुसालले प्रचण्ड- नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको जानकारी दिएकी हुन ।
आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने र आजै साँझ मसाल जुलुस निकालिने पनि पत्रकार सम्मेलनमा भुसालले जानकारी दिइन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







