ट्राफिक नियम उल्लङ्घनको जरिवाना अनलाइनबाटै, सवारीचालक ‘लाइसेन्स’को परीक्षा स्थगित
- माघ २१, २०७७
- 0
ट्राफिक नियम उल्लङ्घन गरे अब अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ ।
सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो । अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ।
महाशाखाले आज अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ।
यसैबीच माघ २३ गते शुक्रबार काठमाडौं उपत्यकामा हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित भएको छ ।
नेकपाको केपी शर्मा ओली समूहले नारायणहिटी दरबारअघि आयोजना गरेको जनसभालाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्सको परीक्षा स्थगित गरेको हो ।
लाइसेन्स वितरण गर्ने जागती, चाबहिल, एकान्तकुना र ठूलो भ¥याङ कार्यालयले लिने परीक्षा रोकिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







