दाहाल-नेपाल समूहद्धारा निर्वाचन आयोगमा आधिकारिकता दाबी पेश
- माघ २०, २०७७
- 0
नेकपा दाहाल—नेपाल समूहका शिर्ष नेताहरुले निर्वाचन आयोगमा पुगेर आधिकारिकता दाबी पेश गरेका छन । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आधिकारिका दाबी गर्न आयोग पुगेका थिए ।
उनीहरुले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित पत्र बुझाएका छन् । २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पत्र बुझाएका हुन् । हिजो बसेको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय यो समूहले गरेको छ । प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको दाहाल—नेपाल समूहले अध्यक्षबाट ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।
दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर आयोगले दुबै पक्षको आग्रह अस्वीकार गर्दै कानुनी रुपमा नेकपा एक रहेको जनाएको थियो ।










