नेकपा अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

news-details

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ । आइतबार अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले अवहेलना मुद्दाको निवेदन दाएर गरेका हुन ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार उक्त निवेदनको पेशी भोलिका लागि तोकिएको छ ।

प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको भन्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुपरेको निवेदनमा उल्लेख गरिएको छ ।

धम्कीपूर्ण भाषा प्रयोग गरी दाहालले अदालतलाई गम्भीर रूपमा त्रसित, प्रभावित गरेको र जनतालाई अदालतको काम कारबाहीसँगै स्वेच्छताको विषयमा गम्भीर भ्रम सृजना गरेको आरोप पनि लगाइएको छ ।

दाहालको कसूर नेपालको संविधान र कानुनले व्यवस्था गरेको, मान्यता प्रदान गरेका संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरित रहेको पनि रिट निवेदनमा उल्लेख छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानन्यायाधीशहरु विरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । उनीहरुलाई सर्वोच्चले लिखित जवाफ माग गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया