देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ३५० संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ३५० जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६६ हजार ४८ जना पुगेका छन ।

पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रणबाट २ जनाको मृत्यु भएको र हालसम्म कोभिड १९ बाट मृत्यु हुनेको कुल संख्या २०२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया