तराईमा चिसो हावा तथा बाक्लो शीतलहरका कारण जनजीवन कष्टकर
- माघ १७, २०७७
- 0
शीतलहरका कारण तराईका जिल्लाहरुमा जनजीवन कष्ठकर बन्दै गएको छ । केही दिनदेखि दिउँसोपख घाम लाग्न छाडेर मौसम धुम्मिनुका साथै बिहान–बेलुका र रातको समयमा चिसो हावा तथा बाक्लो हुस्सु लाग्दा जनजीवन प्रभावित बनेको हो ।
बिहानैदेखि पर्ने शीतलहरले गर्दा तापक्रम झरेर ७ डिग्रीमा पुगेपछि सर्वसाधारणको दैनिकी समेत प्रभावित भएको छ।
चिसो बढ्दै गएपछि जिल्लाका केही विद्यालयहरु बन्द गरिएको छ । चिसो हावा र बाक्लो हुस्सु लागेपछि स्थानीयहरुले दिनभर आगो तापेर बिताउन थालेका छन् ।
चिसोले न्यानो कपडा नभएका अति विपन्न र दैनिक मजदुरी गरेर खाने दलित परिवार झनै प्रभावित बनेका छन् । बच्चा वृद्धवृद्धालाई पनि सचेत रहन चिकित्सकहरु आग्रह गरेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







