दाहाल-नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलन घोषणा, माघ २८ गते काठमाडौंमा जनसभा
- माघ १२, २०७७
- 0
नेकपाको दाहाल-नेपाल समूहले तेस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सो समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १३ गते सिठ्ठी जुलुस गरिने भएको छ । यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम कार्यक्रम घोषणा गरिएको छ ।
माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने पनि दाहाल-नेपाल समूहले जनाएको छ । १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा सभा हुने भएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालले सम्बोधन गर्ने भएका छन् ।
यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्याली र २६ गते मसाल जुलुस हुने भएको छ । माघ २८ मा काठमाडौंमा विरोध सभा गरिने भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







