नेकपा विभाजन : निर्वाचन आयोगले दिएन दुवै पक्षलाई मान्यता

news-details

निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुबै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नदिने निर्णय गरेको हो ।

दाहाल-नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको जिम्मेवारी खोसेर प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । केन्द्रदेखि प्रदेश प्रदाधिकारीमा दुबै पक्षले एक अर्कालाई कारबाही गरिरहेको छ ।

नेकपाका दुवै पक्षबाट दल विभाजको विवरण नभई ऐनको दफा ५१ अनुसार विधान परिवर्तन, पदाधिकारी हेरफेर, कारबाही गरिएको लगायतका विवरणका विषयमा आयोगलाई जानकारी दिएका थिए ।

नेकपाको दुवै पक्षबीच दलको नाम, विधान, झण्डा वा चिन्ह, दलको पदाधिकारी, केन्द्रीय समिति वा निर्णयको आधिकारिकताका विषयमा विवाद छ। तर आयोगले अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) नेकपाको नेतृत्वमा कायम जनाएको छ ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया