देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ४०३ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४०३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ७ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने २००१ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया