विवाह बन्धनमा बाधिए प्रदेश १ का मुख्यमन्त्री राई
- माघ ११, २०७७
- 0
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन् । आइतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका ४९ वर्षीय राईले २३ वर्षीया शेर्पासँग विवाह गरेका हुन् ।
विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषा लगाएका छन् ।
राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यहरुको उपस्थितीमा विवाह भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







